एनएमबि हाईब्रिड फण्ड एल–२ योजना नेपाल धितोपत्र बोर्डबाट स्वीकृत
३ पुष २०८१, बुधबार १२:३८
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनएमबि क्यापिटलद्वारा सञ्चालित नयाँ म्युचुअल फन्ड योजना “एनएमबि हाइब्रिड फन्ड एल-२” लाई स्वीकृति प्रदान गरेको छ।
यो योजना अन्तर्गत कुल १२ करोड इकाइहरु सार्वजनिक निष्काशन गरिनेछ। प्रति इकाइ मूल्य रु. १० निर्धारण गरिएको छ, जसले गर्दा कुल फन्ड आकार रु. १.२ अर्ब हुनेछ।
“एनएमबि हाइब्रिड फन्ड एल-२” बन्दमुखी म्युचुअल फन्ड योजना हो, जसको परिपक्वता अवधि १० वर्षको हुनेछ। यस योजनाको व्यवस्थापन एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ।
कुल १२ करोड इकाइमध्ये १५% (१.८ करोड इकाइ) फन्डका प्रवर्द्धकका लागि छुट्याइएको छ भने बाँकी १०.२ करोड इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्काशन हुनेछ।