मर्जर प्रस्ताव सहित लिवर्टी इनर्जीले बोलायो साधारणसभा
काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले यही पुस २५ गते पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङक्वेटमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभाले गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।
अन्य जलविद्युत कम्पनीसँग मर्जर प्रक्रिया अघि बढाउन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
सभा प्रयोजनार्थ यस कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आधारमा पुस ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।