हकप्रद प्रस्ताव सहित सिटि होटलले बोलायो साधारणसभा

३ पुष २०८१, बुधबार ०८:१९

काठमाडौं । सिटि होटल लिमिटेडले यही पुस २६ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ।

मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले कालीमाटी ब्याङ्क्वेट कालीमाटी, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

यस होटलले १ बराबर ०.८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ। यसका साथै सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालकको निर्वाचन र नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पेश गर्नेछ।

सभा प्रयोजनार्थ होटलले पुस १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*