राधी विद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

३ पुष २०८१, बुधबार ०७:४७

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस ३) अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि (पुस ४) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यस कम्पनीले चुक्ता पूँजी ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न यही पुस १८ गते ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजेदेखि सभा बोलाएको छ।

सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*