ग्लोबल आइएमई लघुवित्तले लाभांश नदिने

२ पुष २०८१, मंगलवार १०:२४

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

कम्पनीको पुस २ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र पारितका लागि कम्पनीको आगामी वार्षिक साधारणसभा पेश गर्ने निर्णय समेत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*