मुक्तिनाथ विकास बैंकले लाभांश नदिने
२ पुष २०८१, मंगलवार १०:२०
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयधरनीलाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो।
साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र पारितका लागि बैंकको आगामी वार्षिक साधारणसभा पेश गर्ने निर्णय समेत गरेको छ।