मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा
२ पुष २०८१, मंगलवार १०:१३
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा शेयरधनीलाई कुल ७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले यो घोषणा गरेको छ। घोषित लाभांशमध्ये ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।