लाभांश प्रस्ताव सहित चिलिमे जलविद्युतले बोलायो साधारणसभा

२ पुष २०८१, मंगलवार १०:०४

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा शेयरधनीलाई कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले यो लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। हाल कमपनीको चुक्ता पूँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ छ।

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २८ गते आइतबार वार्षिक साधारणसभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

उक्त सभा प्रयोजनका लागि पुस १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*