मर्जर प्रस्ताव सहित लक्ष्मी लघुवित्तले बोलायो साधारणसभा

२ पुष २०८१, मंगलवार ०९:२७

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको तह्रौं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरीमा बिहान ११ बजे बस्ने भएको छ। कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

कम्पनीले यस वर्ष लाभांश नबाड्ने निर्णय गरिसकेको छ। सभामा उपयुक्त लघुवित्त पहिचान गरी मर्जरमा जानका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ।

साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफ गरी पारितका लागि पेश गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*