नेपालबाट भैँसीको मासु चीन निर्यात गर्ने सम्बन्धि सम्झौता
काठमाडौँ । नेपालबाट भैँसीको मासु चीन निर्यात हुने सम्झौता भएको छ । सोमबार काठमाडौंको हिल्टन होटलमा भएको सम्झौता अनुसार नेपालबाट भैँसी लगायतका मासु जन्य चिजहरु चीन निर्यात हुने भएको हो ।
चिनको साघांई जियान फुड, चाइना र नेपालको हिमालयन फुड इन्टरनेशनल प्रा.लि.नेपालबीच हस्ताक्षर भएको छ । उक्त कार्यक्रममका कृषि तथा पुशपन्छी विकास मन्त्री रामनाथ अधिकारी, नेपालका लागि चिनिया राजदुत छन सोङ लगायतका दुबै कम्पनीका म्यानेजिङ डाइरेक्टर लगायतको उपस्थिती रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले कृषि क्रान्तीमा भैँसीको मासु चिन निर्यातले नयाँ आयाम लिने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमामा भैसीको तयारी मासु निर्यात सम्बन्धी प्रोटोकलमा सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाँदा नेपालबाट भैसीको मासु चीनमा निर्यात गर्ने सम्झौता भएको थियो।
मन्त्रालयका सहसचिव डा. सूर्य प्रसाद पौडेलले जिवित वस्तुबाट निस्केका वस्तु २ देशबीचको व्यापारमा केही मापदण्डमा काम गर्ने बताए।