बजार घट्दा पनि कुथेली बुखरी स्मल हाइड्रोपावरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
१ पुष २०८१, सोमबार १५:१५
काठमाडौँ । साता कारोबारको पहिलो अर्थात सोमबार शेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ क को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि १५ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य आज प्रतिकित्ता ३ सय रुपैयाँले बढेर ३३ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, जोशी हाइड्रोपावरको .७० प्रतिकित्ता, कुमारी सबल योजनाको ५ प्रतिशत, नेशनल हाइड्रोपावर कम्पनीको ३.९ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ३.९७ प्रतिशतले शेयरमूल्य बढेको छ ।