पुँजी बजारमा पहिरोः खतरामा अर्बौै रकम, सरकार परिर्वतनको हल्लाले लगानीकर्ता त्रसित हुन् ?

१ पुष २०८१, सोमबार १५:०६

काठमाडौँ । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चुलिएसँगै शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्बन्धमा खटपट भएको खबर बाहिरिएपछि लगानीकर्ता अन्योलमा परेका छन् । नेपाली शेयर बजारमा राजनीतिक अस्थिरताको प्रत्यक्ष असर पर्ने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको छ । नयाँ सरकार गठनसँगै नीतिगत अन्योलता सिर्जना हुने र यसले लगानी वातावरणमा अवरोध पु¥याउने क्रम जारी छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अस्थिर हुने हल्लापछि लगानीकर्तामा निराशा थपिएको हो ।

विशेषगरी, अर्थमन्त्री विष्णु पौडेलको नीतिहरूप्रति लगानीकर्ताले सकारात्मक धारणा राख्दै आएका छन् । तर, सरकार नै संकटमा परेको अड्कलबाजीले शेयर बजार राताम्य भएको छ । लगानीकर्ताहरू हतारमा आफ्नो पोजिसन क्लियर गर्न थालेका कारण बजारमा गिरावट आएको देखिएको छ ।

राजनीतिक अस्थिरताले आर्थिक क्षेत्रको दीर्घकालीन स्थायित्वमा गम्भीर चुनौती खडा गर्ने हुँदा यसतर्फ सत्तारूढ दलहरूले समयमै ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । शेयर बजारमा विश्वास कायम गर्न सरकारको स्पष्ट नीति आवश्यक रहेको लगानीकर्ताहरूको माग छ ।

सबै सूचक सकारात्मक रहेको बेला नीतिको मारमा परेका लगानीकर्ताहरुलाई सरकार परिवर्तनको हल्लाले प्रभावित बनाएको छ । तर, सरकार रहेका मन्त्रीदेखि सांसदहरुले सरकार परिवर्तन नहुने दाबी गर्दै आइरहेका छन् ।

पछिल्लो समय अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलिबीच समेत सम्बन्ध बिग्रिदै गएको हल्ला चलि रहेको छ । अर्थमन्त्री पौडेलले नै सम्बन्ध राम्रो रहेको भने पनि लगानीकर्ता छिट्टै विश्वास गरी रहेका छैनन् । राजनीति खिचातानीको बीचमा शेयर बजार पर्दा अर्बौ रकम खतरामा परेको छ । नेपालको राजनीति जुनसुकै बेला परिवर्तन हुन सक्ने विगतका घटनाले लगानीकर्ता त्रसित बनेका छन् । बेला बेला नीति र सरकार परिवर्तनको असर लगानीकर्तामा परेको देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३७ अकंले घटेर २६३०.९१ बिन्दुमा कायम भएको छ । आज ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ ।

सोमबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.४९ प्रतिशत, विकास बैंक समूहको २.०३ प्रतिशत, फाइनान्स समूहको ४.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज १५ कम्पनीको शेयर मूल्य बढ्दा २२७ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*