एनआरएन इन्फ्रास्टक्चर र जानकी फाइनान्सको सबैभन्दा बढी शेयर खरिद–बिक्री, कुनको कति ?
१ पुष २०८१, सोमबार १५:०६
काठमाडौँ । साता कारोबारको पहिलो अर्थात सोमबार शेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ क को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज २६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, जोशी हाइड्रोपावरको १८ करोड ९ लाख रुपैयाँ, जानकी फाइनान्सको १८ करोड ४९ लाख रुपैयाँ, हिमालयन रि इन्स्योेरेन्सको १५ करोड २३ लाख रुपैयाँ र नेपाल फाइनान्सको १२ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।