संसोधित बजेट १६ खर्ब ३२ अर्ब रुपैयाँ, बजेटको आकार घट्यो
२५ भाद्र २०७८, शुक्रबार १६:३१
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । अर्थमन्त्रीले जर्नादन शर्मा प्रभाकरले निति तथा कार्यक्रमलाई यथावत् राखी बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको जानकारी दिएको छ ।
उनले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका समेत जानकरी दिएको छ।