नेपाल शेयरधनी संघको दोस्रो साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल शेयरधनी संघको दोस्रो साधारण सभा मंसिर १९ गते ललितपुरको गोदावरीमा सम्पन्न भएको छ। संघका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष ०८०।८१ को बजेट तथा लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक वर्ष ०८१।८२ को अनुमानित आय–व्यय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।
सभामा अध्यक्ष घनश्याम पाण्डेले संघको प्रतिवेदन प्रस्तुत गर्दै संघले आगामी वर्षहरूमा अपनाउने रणनैतिक कार्ययोजनाबारे जानकारी गराएका थिए । सभाले प्रस्तुत कार्ययोजना छलफल गरी अनुमोदन गरेको छ।
कार्यक्रमको सुरुआत संघका उपाध्यक्ष कमलराज अधिकारीको स्वागत मन्तव्यबाट भएको थियो। विभिन्न सदस्यहरूले आफ्नो धारणा राखेको सो सभामा संघका महासचिव सुरज खड्काले कार्यक्रम सञ्चालन गरेका थिएि ।
सभाले संघलाई आगामी दिनमा अझ प्रभावकारी बनाउन र शेयरधनीहरूको हकहितको सुनिश्चितताका लागि विशेष ध्यान दिने निर्णय गरेको छ।