नेपाल लाइफ स्वतन्त्र कर्मचारी युनियनको २० सदस्यीय कार्य समिति चयन, अध्यक्षमा लामा

१ पुष २०८१, सोमबार १०:४६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र कर्मचारी युनियनको अध्यक्ष पदमा कर्मालाल लामा योन्जन सर्वसम्मत रुपमा चयन भएका छन् । भक्तपुरमा आइतबार सम्पन्न भएको सातौं महाधिवेशनले योन्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

महाधिवेशले कार्य समितिको उपाध्यक्षमा प्रशंसा बस्नेत, प्रदेश उपाध्यक्ष दिपक पन्त (सुदूरपश्चिम), खिम प्रकाश विष्ट (कर्णाली),रञ्जिता यादव (लुम्बिनी), विमला कँडेल (गण्डकी),रेशम खत्री (बागमती),रंजीत कुमार यादव (मधेश) र प्रिन्स पौडेल (कोशी) रहेकीछिन् ।

साथै महाधिवेशनले महासचिव पदमा दिपक प्रसाद लुइटेल, सचिव उषा श्रेष्ठ, कोषाध्यक्ष कपिल देव भट्ट र सदस्यहरुमा क्रमशः सन्तु बोहरा, प्रितम निरौला, प्रकाश सिटौला, सत्यराज जोशी, सोम कुमारी थिङ, जागृत घिमिरे र उमेश खत्री रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*