धौलागिरी लघुवित्तका शेयरधनीहरुको हात रित्तो
१ पुष २०८१, सोमबार १०:४०
काठमाडौँ । धौलागिरी लघुवित्तले लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको सञ्चालक समितिको मंसिर २९ गते बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बैठकले सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।