महालक्ष्मी विकास बैंकको लाभांश घोषणा
१ पुष २०८१, सोमबार १०:२१
काठमडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनी हाल कायम चुक्ता पूँजीको आधारमा कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंकको पुस १ गते बिहान बसेको सञ्चालक समितिको बैठकले यो घोषणा गरेको हो । घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। बैंकको हाल चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ छ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।