विदेशी मुद्राको विनिमयदरः युरो, रियाल र कुवेती दिनारको मूल्य बढ्यो, अष्ट्रेलियन र सिङ्गापुर डलर सस्तियो

१ पुष २०८१, सोमबार ०७:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार र बहराइन दिनारको भाउ बढेको छ भने युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको मूल्य घटेको छ।

केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा छ। युरोपियन युरोको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा छ। सिङ्गापुर डलरको खरिददर १०० रुपैयाँ ३५ पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा तोकिएको छ।

कुवेती दिनारको खरिददर ४३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ७० पैसा छ भने साउदी रियालको खरिददर ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*