अस्थिर नीतिले अर्थतन्त्र शिथिल, उच्च करले अटो क्षेत्रमा नक्कली पार्टस् आएः अग्रवाल

३० मंसिर २०८१, आईतवार १३:१७

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवालले अस्थिर नीतिले गर्दा अर्थतन्त्र धरापमा पर्दै गएको बताएका छन् । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा) ४८औं साधारण सभामा बोल्दै यस्तो बताएका हुन्।

उनले भने, ‘कुल राजस्वको २० प्रतिशत योगदान अटोमोबाइलको रहेको छ। अर्थतन्त्र शिथिल अवस्था रहेको छ । नीतिगत कारण हामि मन्दिमा छौ ।’

उच्च करका कारण अटो क्षेत्रमा नक्कली पार्ट आइरहेको उनले बताए। ‘सवारी साधनमा उच्च कर भयो । करको दर होइन दायरा बृद्धि गर्नु पर्छ। भन्सार कम गर्नु भन्दा पनि थप गरेको अबस्था छ । पार्टमा भएको कारण नेपालमा नक्कली पार्ट आइरहेको छ।’ अग्रवालले भने ।

मौद्रिक नीतिले अटोमोबाइल्सलाई सहयोग कहिल्यै सहयोग नगरेको उनको दाबि छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*