ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
३० मंसिर २०८१, आईतवार ११:३८
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पुस महिनाको लागि पनि मंसिर महिनामा लागु भएको ब्याजदरलाई निरन्तरता दिएको छ ।
बैंकले मुद्दति निक्षेपमा न्यूनतम् ३ प्रतिशतदेखि अधिकतम् ५.७५ प्रतिशतका दरले ब्याजदर लागु गर्ने भएको छ । त्यस्तै, बचत खातामा बैंकले न्यूनतम् ३ प्रतिशतदेखि अधिकतम् ४.५० प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ ।
बैंकले मंसिर ३० गते अर्थात आइतबार सार्वजनिक गरेको उक्त ब्याजदर पुष १ गतेदेखि लागु हुने भएको छ ।