आज उधौली र योमरी पुन्ही पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज मंसिर ३० गते (मंसिर पूर्णिमा)उधौली र योमरी पुन्हि पर्व मनाइँदैछ। यस पर्वको अवसरमा आज देशैभरी सार्वजनिक बिदा रहेको छ।
हरेक वर्षको मंसिर पूर्णिमाका दिन पर्ने उधौली पर्व मुख्य रुपमा किराँतहरूले मनाउने गर्छन्। यस दिन परम्परागत भेषभुष लगाएर किराँतीहरू सार्वजनिक स्थलमा भेला भएर पारम्परिक साकेला नृत्य प्रस्तुत गर्ने चलन रहीआएको छ।
त्यसैगरी आज काठमाडौं उपत्यका लगायत देशैभरीका नेवार समुदायले परम्परागत रुपमा योमरी पुन्हि मनाउने गर्छन्। नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो स्वरुप बनाएर त्यसभित्र चाकु, तिल, दूधको खुवा आदी राखेर पानीको बाफबाट योमरी तयार पारि खाने गरिन्छ।
यस पर्वको अवसरमा आज देशैभर सार्वजनिक बिदा समेत रहेको छ। त्यसकारण आज बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था, नेप्से लगायत सरकारी कार्यालयहरू बन्द रहनेछन्।