लाभांश पारित गर्न नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा

३० मंसिर २०८१, आईतवार ०७:४९

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले १८औं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभामा गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।

साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*