मर्जर प्रस्ताव राखेर उपकार लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस २४ गते बोलाएको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले बाँकेको कोहलपुरस्थित होटल सेन्टर प्लाजामा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेश गरिनेछ।
त्यसैगरी अन्य लघुवित्त संस्थासँग मर्जर र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छन्।
सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस ७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।