जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौँः अर्थमन्त्री पौडेल

२८ मंसिर २०८१, शुक्रबार १८:२४

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवासको क्षेत्रलाई व्यवसायको अर्थमा मात्र नबुझ्नुपर्ने बताएका छन्। काठमाडौँमा शुक्रबार आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा सम्बोधन गर्दै उनले यो क्षेत्रलाई राष्ट्र निर्माणको महाअभियानको एक महत्वपूर्ण अङ्गका रूपमा बुझ्न आग्रह गरे ।

अर्थमन्त्री पौडेलले भने, “जग्गा तथा आवासको विषयलाई केवल व्यवसायको दृष्टिकोणबाट मात्र नहेर्नुहोस्, यो राष्ट्र निर्माणको महत्त्वपूर्ण अङ्ग हो। यसकारण म मुनाफाको लागि मात्र नभएर देश निर्माणमा योगदान दिने व्यवसायीलाई सम्मान गर्न चाहन्छु।”

त्यसैगरी, मन्त्री पौडेलले सरकारले हालै ऐन बनाई अनुमति प्राप्त कम्पनीबाट मात्रै घरजग्गा कारोबार हुने व्यवस्था गरेको जानकारी दिए। उनले ऐनको कार्यान्वयनका लागि नियमावली छिट्टै बनाइने र यस कार्यमा सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले हालै घरजग्गा कारोबारमा आएको संकुचनलाई अन्त्य गर्न सरकार पहल गर्दै रहेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*