बाढी पहिरोको दाबीः निर्जीवन बीमा कम्पनीद्धारा एक अर्बमाथि भुक्तानी, शिखर एक्लैको ३० करोड (सूची सहित)

२८ मंसिर २०८१, शुक्रबार ११:३२

काठमाडौं । बाढी पहिरोको कारण भएको क्षतिपछि परेको दावीमा निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब १९ करोड ६४ करोड ९० लाख भुक्तानी दिएका छन् ।

बाढीबाट भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म १३ अर्ब ३६ करोड ६५ लाख ८७ हजार रुपियाँ बराबरको दावी परेको छ । त्यसमा सर्भेलगायत प्रक्रिया पुरा गरेर अन्तिम दावी भुक्तानी दिन भने बाँकी नै छ । तर, बाढीले बीमितलाई परेको असरलाई दृष्टिगत गर्दै आंशिक रुपमा अग्रिम दावी भुक्तानी पनि दिइएको छ । त्यस्तो दावी रकम मंसिर २६ गतेसम्म आउँदा एक हजार ५१४ संख्यामा एक अर्ब १९ करोड रुपियाँ भन्दा माथि पुगेको हो

हालसम्म परेको दावी भने तीन हजार ५४९ संख्यामा १२ अर्ब ३६ करोड ६५ लाख रुपियाँ रहेको छ । तर, अब त्यति धेरै दावी नबढ्ने पनि कम्पनीहरुको भनाइ छ । अधिकांश दावी परिसकेकाले अब छुटपुट मात्रै बाँकी भएको कम्पनीले जानकारी दिएको छ ।

हालसम्म शिखर इन्स्योरेन्सले मात्रै ४०७ वटा दावी आवेदनमा ३० करोड ७८ लाख २८ हजार रुपियाँ बराबरको अग्रिम भुक्तानी गरेको छ । अन्य कम्पनीको तुलनामा शिखर इन्स्योरेन्सले धेरै अग्रिम दावी भुक्तानी गरेको तथ्यांकमा उल्लेख छ ।

हालसम्म सिद्धार्थ प्रिमियरले २५ करोड ५२ लाख, दि ओरियन्टलले चार करोड ४९ लाख २४ हजार, नेकोले आठ करोड १३ लाख ६० हजार, हिमालयन एभरेष्टले १० करोड ९३ लाख ७६ हजार, सगरमाथा लुम्बिनीले १४ करोड ५४ लाख एक हजार र नेशनलले ४३ लाख ९९ हजार रुपियाँ बराबरको अग्रिम भुक्तानी दिएका छन् ।

यसैगरि आईजीआई प्रडेन्सियलले आठ करोड ६६ लाख ९५ हजार, एनएलजीले दुई करोड ५४ लाख ७२ हजार, नेपाल इन्स्योरेन्सले एक करोड ४८ लाख ५९ हजार, सानिमा जिआईसीले नौ करोड ५१ लाख चार हजार, युनाइटेड अजोडले एक करोड २८ लाख ८४ हजार र प्रभुले एक करोड २० लाख १२ हजार रुपियाँ बराबरको अग्रिम दावी भुक्तानी दिएका छन् ।

यस्तै, स्टार माइक्रोले दुई लाख ५० हजार, प्रोटेक्टीभ माईक्रोले एक लाख १८ हजार र नेपाल माइक्राले पाँच लाख एक हजार रुपियाँ अग्रिम दावी भुक्तानी दिएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र ट्रस्ट माइक्रो इन्स्योरेन्सले भने अहिलेसम्म अग्रिम दावी भुक्तानी गरेका छैनन् । उक्त कम्पनीमा दावी भने परेको छ ।

यो कम्पनीले दिएको आंशिक अग्रिम दावी भुक्तानी मात्रै हो । पूर्ण तथा अन्तिम दावी भुक्तानी भने सर्भेयरको अन्तिम प्रतिवेदन आएपछि मात्रै हुनेछ । हाल बाढीले पुर्याएको क्षतिलाई दृष्टिगत गर्दै अग्रिम दावी भुक्तानी दिएको कम्पनीहरुको भनाइ छ ।

सञ्चालनमा रहेको १४ ठूला र चार वटा साना लघु निर्जीवन बीमा कम्पनीमै दावी परेको छ । जीवन बीमा कम्पनीमा परेको दावीको विवरण आइसकेको छैन । बाढी पहिरोमा परेर साढे दुई सय भन्दा बढीको मृत्यु भएको छ

हालसम्म सम्पत्ति बीमामा मात्रै ८७ करोड ४९ लाख ६० हजार रुपियाँ बराबरको दावी भुक्तानी भएको छ । यसैगरि इन्जीनियरीङमा चार करोड ४३ लाख ४६ हजार, मोटर बीमा ९निजी० ११ करोड ५९ लाख ५० हजार , मोटर बीमा ९सार्वजनिक० १३ करोड ६९ लाख ७४ हजार, मामुद्रिक बीमामा एक करोड ६८ हजार, पशुपंक्षी बीमा ३८ लाख २७ हजार र कृषि बाली बीमामा ७२ लाख ६१ हजार रुपियाँ बराबरको अग्रीम दावी भुक्तानी भएको छ । यसैगरि विविध अन्तरगत ३० लाख ९९ हजार रुपियाँ अग्रिम दावी भुक्तानी बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*