सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नविकरणमा छुट पाउने आज अन्तिम दिन

२८ मंसिर २०८१, शुक्रबार १०:४४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान हुने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रदान गर्दै आएको उक्त छुट आज अर्थात मंसिर २८ गतेसम्म मात्र रहेको छ ।

कम्पनीका अनुसार ब्याज छुट सुविधा बीमा अवधिभरमा एकपटकमात्र उपभोग गर्न सकिने कम्पनीले जनाएको छ । साथै कम्पनीले सो अवधिमा बाँकी रहेका नविकरण बीमाशुल्कहरु भुक्तानी गरी बीमालेखरु सक्रिय बनाउन सम्पूर्ण बीमित तथा अभिकर्ताहरुलाई अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*