त्रिभुवन विमानस्थल माघ १५ गतेदेखि दैनिक ८ घण्टामात्र बन्द हुने
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ। विमानस्थल स्तरोन्नतिको लागि गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुने जानकारी प्राप्त भएको छ।
विमानस्थलमा निर्माणका कामको गति बढाएका कारण यात्रुहरूको सहजताका लागि उडान समय पनि बढाइएको छ। अहिले त्रिभुवन विमानस्थल बिहान ८ बजे खुल्ने र राति १० बजे बन्द हुने व्यवस्था गरिएको छ। आगामी १५ माघदेखि भने विमानस्थल बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुनेछ।
नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७४ वर्ष पुरा भएको समयमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन्। यी विमानस्थलहरूको क्षमता अभिवृद्धि र मर्मत कार्यहरूका कारण त्रिभुवन विमानस्थलको उडान समयलाई विस्तार गरिएको हो।
त्रिभुवन विमानस्थलको धावनमार्गको मर्मत र विस्तारका कार्यहरू विगतका वर्षहरूमा पनि भइरहेका छन्। २०७७ मा धावनमार्गको विस्तार गरी तीन हजार तीन सय मिटर बनाइएको थियो, जसको कारण बेलुका ६स्०० देखि बिहान ६स्०० सम्म १२ घण्टासम्म उडान बन्द गरिएको थियो। २०७५ मा १० घण्टा विमानस्थल बन्द गरेर मर्मतको कार्य सम्पन्न गरिएको थियो, जसका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा करिब ३० प्रतिशत कटौती भएको थियो।
वर्तमानमा विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडानको संख्या बढेको छ। त्रिभुवन विमानस्थलबाट दैनिक रूपमा ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रिय उडानका लागि तीन नेपाली कम्पनीसहित ३० हवाई सेवा कम्पनीहरूले उडान गर्दै आएका छन्।