लाभांश प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न

२७ मंसिर २०८१, बिहीबार १५:२१

काठमाडौँ । ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरण विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

सभा प्रयोजनार्थ यस बैंकले मंसिर ९ गते बुक क्लोज गरिसकेकाले मंसिर ८ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*