नेशनल लाइफ इन्स्योरेन्सकी सशीकला तामाङ २०२५ को टीओटी बन्न सफल
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सशीकला तामाङ सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् । कम्पनीको नारायणथान शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेका नारायणथान एक मिहिनेती तथा लगनशील अभिकर्ता हुन् ।
आम अभिकर्ताहरु एमडीआरटी बन्न दिन–रात संघर्ष गरिरहेका छन् तर तामाङ चाँही एमडीआरटी भन्दा ६ गुणा बढीको बीमा व्यवसाय गरेर सन २०२५ को टीओटी बन्न सफल भएकी हुन् । उनले २०२४ मा दुई करोड ८२ लाख रुपैयाँबढीको व्यवसाय गर्दै २०२५ को टीओटी बन्न सफल भएकीछिन् ।
जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी तामाङ दुई वर्षदेखि बीमा व्यवसायमा आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकिछिन् । उनले देशका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकिछिन् ।
नेशनल लाइफ इन्स्योरेन्सकी सफल अभिकर्ता सशीकला तामाङले कामप्रतिको डेडीकेशन, लगाव तथा मार्केटिङको सही सदुपयोग गरेर सन २०२५ को टीओटी बन्न सफल भएको बताएकीछिन्। उनले भनिन्, ‘कामप्रतीको डेडिकेशन र विभिन्न सामाजिक सञ्जालको सही सदुपयोग गरेर काम गर्दै जादा टीओटीसम्मको यात्रा तय गर्न सफल भएको हु।’
बीमा व्यवसायमा आवद्ध भएको एकदम छोटो अवधिमा नै उल्लेख्य प्रगती गर्न सफल भएकी तामाङले नेशनल लाइफको नारायणथान शाखा प्रमुख, सम्पूर्ण कर्मचारी तथा आफुलाई विश्वास गरेर बीमा गरिदिने बीमितहरुलाई धन्यवाद ज्ञापन समेत गरेकी छिन् ।