राधी विद्युतले हकप्रद शेयर जारी गर्ने
२७ मंसिर २०८१, बिहीबार ०९:३२
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बोनस शेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजीको ६९.८९ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। कम्पनीले शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले १ः०.६९८९ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद जारी गर्ने बताएको छ। कम्पनीको यो निर्णय विद्युत नियमन आयोगले स्वीकृति दिई साधारण सभाबाट पारित भएपछि हकप्रद बिक्री प्रक्रिया अघि बढ्नेछ।