युनाइटेड अजोडको शेयर बिक्री गर्दै एक्सेल बैंक, प्रतिकित्ता मूल्य १५९ रुपैयाँ

२७ मंसिर २०८१, बिहीबार ०९:११

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको युनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजार ३२० कित्ता शेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ।

हाल यो शेयर कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि आवेदन दिँदा घटीमा ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।

आवेदन आज मंसिर २७ गतेदेखि माघ २ गते दिउँसो २ बजेसम्म दिन सकिने कम्पनीले जनाएको छ। आवेदन बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा बुझाउनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*