लाभांश प्रस्ताव राखेर राधी विद्युतले बोलायो साधारणसभा
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजे सभा बोलाएको हो।
सभामा हाल कायम चुक्ता पूँजीको आधारमा ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गरिनेछ।
साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस ३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।