राष्ट्रिय जीवन बीमा कम्पनीको सिइओका लागि ८ जनाको आवेदन, पूर्व उपसचिव, बैंकरदेखि बीमाकर्मीहरुको आकाङ्क्षा

२६ मंसिर २०८१, बुधबार २०:५४

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले दोस्रो पटक खुलाएको आवेदनमा प्रमुख कार्यकारी अधिकृतका लागि आठ जनाले आवेदन दिएका छन् । यसअघि पनि आवेदन दिएका रामदेव यादव र महेश रिमालले पुन आवेदन दिएका छन् ।

आवेदन दिने अन्तिम दिनसम्ममा कम्पनीमा आठजनाले आवेदन दिएका हुन् । आवेदन दिनेहरूमा प्रकाशमान बज्राचार्य, सुन्दर पन्थी,, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल र लक्ष्मण पराजुली रहेका छन् ।

महेश रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । चार्टर्ड एकाउण्टेन्टसमेत रहेका रिमाल विगत २ दशकदेखि सोही कम्पनीमा कार्यरत रहेका छन् ।

रोहित रेग्मी सामाजिक सुरक्षा कोषका उच्च व्यवस्थापक पदमा कार्यरत छन् । उनी कोषको उपनिर्देशक हुन् । राजनाथ खनाल साविक बीमा संस्थानको सञ्चालक समितिका सदस्य समेत बनेका थिए ।

लक्ष्मण पराजुली यूनाइटेड अजोड इन्स्योरेन्समा कार्यरत छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*