तीन कम्पनीको ३३ लाख कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ? 

२६ मंसिर २०८१, बुधबार १५:५५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनश शेयरमूल्य सूचीकृत भएको छ । बुधबार स्वावलम्बल लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गराँस लघुवित्तको बोनश शेयरमूल्य सूचीकृत भएको छ ।

बुधबार स्वावलम्बल लघुवित्त १४.२५ प्रतिशत बोनश शेयरका दरले २० लाख ६६ हजार २५० वटा कित्ता शेयर सूचीकृत भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ३ प्रतिशत बोनश शेयरका दरले हुन आउँने ११ हजार २० लाख ७७८ कित्ता र गुराँस लघुवित्तको १४.२५ प्रतिशतका दरले एक लाख ४४ हजार ४९५ कित्ता शेयर सूचीकृत भएका छन् ।

बुधबार सूचीकृत उक्त शेयर भोलि अर्थात बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*