स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८औं वार्षिक साधारणसभा सम्पन्न, २५.५ % लाभांश पारित

२६ मंसिर २०८१, बुधबार १२:२९

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३८औं वार्षिक साधारणसभा मंगलवार काठमाडौंमा सम्पन्न भएको छ ।

साधारणसभाले बैंकका शेयरधनीलाई १९ प्रतिशत नगद लाभांश र ६ दशमलव ५ प्रतिशत बोनस शेयर गरी २५ दशमलव ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सभा प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म कायम शेयरधनी बैंकको सभामा भाग लिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*