मिथिला लघुवित्तको लाभांश संशोधन
२६ मंसिर २०८१, बुधबार १०:१९
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषित लाभांश संशोधन गरेको छ।
यसअघि कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४.२८६ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो।
अहिले कम्पनीले कुल लाभांश १५ प्रतिशत नै यथावत राखि बोनस शेयर र नगद लाभांशमा भने केही मात्रामा थपघट गरेको हो। जसअनुसार अब कम्पनीले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
हाल कम्पनीको चुक्ता पूँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ रहेको छ।