एनआरएन इन्फ्रास्टक्चर र सानिमा माइ हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, कसको कति भयो कारोबार ?
२५ मंसिर २०८१, मंगलवार १५:०५
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.३२ अंकले बढेर २६६९ को विन्दुमा कायम रहेको छ ।
आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज १८ करोड ९६ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँ, जानकी फाइनान्सको १७ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ११ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।