सानिमा माई हाइड्रोपावरको लाभांश प्रस्ताव

२५ मंसिर २०८१, मंगलवार १०:१०

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

जसमध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको छ। सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने समेत निर्णय गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*