सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

२५ मंसिर २०८१, मंगलवार ०९:१८

काठमाडौं । सूर्याेद वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकलाई ३५ दिनभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न आग्रह गरिएको छ। निवेदन शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, कागमाडौं वा ललितपुरको महालक्ष्मी–४ स्थित कम्पनीको कर्पाेरेट कार्यालयमा बुझाउनु पर्नेछ।

खरिदकर्ताले आवेदन दिँदा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिनु पर्नेछ। उक्त शेयर कम्पनीका संस्थापक शेयरधनी घनश्याम अधिकारीको स्वामित्वमा रहेको छ।

दिइएको समयावधिभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*