अर्विट इनर्जीले आईपीओ जारी गर्ने

२५ मंसिर २०८१, मंगलवार ०८:०८

काठमाडौं । अर्विट इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। यसका लागि कम्पनीले पुस १७ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको हाडिगाउँस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बस्ने निर्णय गरेको हो।

सभामा स्थानीय तथा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने तथा सेवा सुविधा तथा बैठक भत्ता निर्धारण गर्ने, कर्जा लिने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*