लुरूलुरू हिडेर बाहिरिए निलम्वित अध्यक्ष सिलवाल
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालल उमेर हदसम्वन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर भएसँगै आज कार्यालय समय सकिएपछि अन्तिम दिन घर लागेका छन् ।
बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाललाई उमेर हदसम्वन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि स्वतः पदमुक्त भएका छन् ।
अध्यक्ष सूर्य सिलवालल उमेर हदसम्वन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर भएको सूचना आएसँगै प्राधिकरणको सवारी साधन नलिई लुरु लुरु हिडेर घर गएका छन्।
कार्यालय समय सकिएर आधा घण्टा ढिला निस्केका प्राधिकरणका अध्यक्ष सिलवालले भावुक हुँदै कर्मचारीहरुलाई मुद्वा फेस गर्नु बाहेक अरु विकल्प नरहेको भन्दै भवनबाट बाहिरिएका थिए । यति मात्रै नभएर आफू निकट पूर्व कर्मचारीहरुसँग पनि उनले कार्यकालको अन्तिम समयमा यो बिषयमा चकित भएको भन्दै गुनासो गरेका थिए ।
सधै कार्यालय समय सकिएसँगै एक्लै घर जाने अध्यक्ष सिलवाललाई आज भने प्राधिकरणका कर्मचारीहरुले कार्यलयको प्राङ्गणसम्म पुराउन आएका थिए।
बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाललाई उमेर हदसम्वन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि स्वतः पदमुक्त भएका छन् ।
२०८० साउन १५ गते नै अवकाश पाउनु पर्ने सिलवालले नागरिकतामा केरमेट गर्दै पदमा टिकिरहेको आरोप लगाउँदै अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले मुद्दा दायर नगरेको भए सिलवाल फागुन ९ गतेसम्म कार्यरत रहने थिए ।
झण्डै ८ महिनादेखि कार्यकारी निर्देशक खाली रहदा प्रशासनिक तहबाट हुनु पर्ने कतिपय कामहरु ‘पेण्डिङ’ भैरहेको बेला अध्यक्ष पनि निलम्बित भएपछि प्राधिकरणका नीतिगत कामहरु नै ठप्प हुने अवस्था सृजना भएको छ ।
सिलवालले २०८०।०४।१५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँ १६ पैसा असुलउपर हुन मागदाबीसहित सोमबार अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।
फोटो : राजन कठायत, बीमापोष्ट डटकम