लिवर्टी माइक्रो लाइफले आईपीओ जारी गर्न बोर्डमा दियो निवेदन
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। यससँगै आईपीओ निष्कासनको माग राख्दै बोर्डमा निवेदन दिने लघु बीमा कम्पनीको संख्या ६ पुगेको छ।
यसअघि नै निवेदन दिइसकेका क्रेष्ट माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स अझै स्वीकृतिको पर्खाइमै छन् भने गार्डियन माइक्रो लाइफले स्वीकृति पाएर पहिलो चरणको आईपीओ बिक्री गरिरहेको छ।