५२ लघुवित्तमध्ये १० मात्रै साधारणसभा गर्ने माग गर्दै राष्ट्र बैंक पुग्यो

२३ मंसिर २०८१, आईतवार १९:२५

काठमाडौ। नेपाल राष्ट्र बैंकमा ५२ लघुवित्तमध्ये १० मात्रै साधारणसभा गर्न माग गर्दै राष्ट्र बैंक पुगेको छ।

राष्ट्र बैंकले फरवार्ड, आरएसडीसी, सपोर्ट, आशा, गुराँस, नेसनल, फर्स्ट माइक्रोफाइनान्स, हिमायलन, स्वालम्बन र युनिक नेपाल लघुवित्त लाई साधारण सभा गर्न अनुमति दिएको जनाएको छ।
नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार राष्ट्र बैंकले १० वटा लघुवित्तलाई साधारण सभा गर्न अनुमति दिएको हो।

अनुमित पाएकामध्ये ८ लघुवित्तले सेयरधनीलाई लाभांश घोषणा गरेका छन्। युनिक नेपाल र हिमालयन लघुवित्तले भने सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।

अनुमति पाएकामध्ये गुराँस, आशा र स्वावलम्बन लघुवित्तले साधारण सभा सम्पन्न गरिसकेका छन्।

४ लघुवित्तले लाभांश प्रस्तावसहित साधारण सभाको मिति तय गरेका छन्।

नेसनल लघुवित्तले एफपीओ निष्कासन र १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते साधारण सभा डाकेको
छ।
फरवार्ड लघुवित्तले मंसिर २८ गते साधारण सभा डाकेको छ। यो लघुवित्तले १४ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्दैछ ।
सपोर्ट लघुवित्तले पुस ६ र फर्स्ट माइक्रोफाइनान्सले पुस ११ गते साधारण सभा बोलाएका छन्। सपोर्टले साढे १४ र फर्स्ट माइक्रोफाइनान्सले ९.४७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दैछन्।
हाल ५२ वटा लघुवित्त सञ्चालनमा छन्। तीमध्ये केहीले साधारण सभाका लागि राष्ट्र बैंकसँग अनुमति मागेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*