आज टप १० ब्रोकर कम्पनीले कति गरे कारोबार ?

२३ मंसिर २०८१, आईतवार १८:५३

काठमाडौं । आज सेयर बजारमा झण्डै साढे ७ अर्बको कारोबार भएको छ।

आज टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ५६ करोड रुपैयाँको खरिद हुँदा २ अर्ब ४५ करोड रुपैयाँको बिक्री भएको छ।

टप १० ब्रोकर कम्पनीमार्फत बिक्रीभन्दा खरिद रकम धेरै देखिएको छ । टप १० मध्ये ५ ब्रोकरमार्फत खरिद धेरै देखिएको छ भने ५ मार्फत बिक्री धेरै भएको छ । नासा, सनी, भिजन, क्यापिटल र सारेप्रोमार्फत खरिद धेरै भएको छ ।

त्यस्तै इम्पेरियल, एबीसी, अनलाइन, आर्यतारा र दिपशिखमार्फत बिक्री धेरै भएको छ । यस दिन धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, रिभर फल्स पावर, खानीखोला हाइड्रोपावर, बेस्ट फाइनान्स, रसुवागढी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*