बीमा क्षेत्रका २२ कम्पनीमा भारी गिरावट, कुनको शेयरमूल्य कति पुग्यो ?
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४५.९३ अंकले बढेर २६८९ को विन्दुमा कायम भएको छ ।
शेयर बजारम गिरावट आएसँगै बीमा क्षेत्रका लगानीकर्ताहरुले ठूलो मात्रामा लगानी गुमाएका छन् आज ननलाइफ र लाइफसहित दुवै इन्डेक्सहरु उच्च अंकले घटेका छन् । यस दिन नेप्सेमा कारोबार भएको बीमा क्षेत्रका २६ मध्ये २२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।
लाइफ इन्स्योरेन्स इन्डेक्स
आज लाइफ इन्स्योरेन्स इन्डेक्स ३.०७ प्रतिशत अर्थात ४२३.०४ अंकले घटेर १३३३२ को बिन्दुमा कायम भएको छ । आज यस इन्डेक्समा कारोबार भएका ११ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । नेशनल लाइफ इन्स्योरेन्सको मात्र शेयरमूल्य ०.६७ प्रतिशतले बृद्धि भएको छ ।
हकप्रद निष्काशन गरिरहेको एलआइसी नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६.६८ प्रतिशतले र एशियन लाइफ इन्स्योरेन्सको २.०१ प्रतिशतले शेयरमूल्य घटेको छ ।
ननलाइफ इन्स्योरेन्स इन्डेक्स
आइतबार ननलाइफ इन्स्योरेन्स इन्डेक्स पनि उच्च अंकले घटेको छ । यसदिन सो इन्डेक्स ०.८३ प्रतिशत अर्थात १०९.११ अंकले घटेर १२९८४.३२ को बिन्दुमा कायम रहेको छ । यस इन्डेक्समा कारोबार भएका दुई कम्पनीको मात्र शेयरमूल्य बृद्धि भएको छ ।
यस दिन प्रभु इन्स्योरेन्सको ०.०९ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.६३ प्रतिशतले शेयरमूल्य बढेको छ । साथै। आइतबार नपाल इन्स्योरेन्सको २.१५ प्रतिशतले सर्वाधिक शेयरमूल्य घटेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको १.९२ प्रतिशत, नेको इन्स्योरेन्सको १.५८ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको १.४३ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको १.३७ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
हिमालयन रि इन्स्योरेन्सको १.०८ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.४९ प्रतिशतले घटेको छ ।