गण्डकीमा कृषि बीमा बापत २३ करोड रुपैयाँ भुक्तानी

२३ मंसिर २०८१, आईतवार १०:१३

काठमाडौं । गण्डकी प्रदेशमा कृषि बिमा बापत २३ करोड रुपैयाँभन्दा बढी रकम दाबी भुक्तानी भएको छ। गत आर्थिक वर्ष २०८०।८१ मा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले २३ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो।

प्राधिकरणका अनुसार उक्त अवधिमा १६ हजार ६६१ बिमालेख जारी गरिएका थिए। यी बिमालेखबाट २१ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको थियो। ३०५ बाली बीमाबाट १ करोड ३५ लाख र १६ हजार ३५७ पशुपन्छी बीमाबाट २१ करोड १३ लाख बीमा शुल्क संकलन भएको प्राधिकरणले जनाएको छ।

बाली बीमामा ४८ दाबीमार्फत १ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरिएको छ भने पशुपन्छी बीमामा ४ हजार २८७ दाबीबाट २१ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएको जानकारी दिइएको छ।

लघु बीमाले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। ६ हजार ८० लघु जीवन बिमालेखबाट संकलित १ करोड ३५ लाख रुपैयाँ बीमा शुल्कमध्ये ५ दाबी भुक्तानीमार्फत ४ लाख ३५ हजार रुपैयाँ प्रदान गरिएको छ। यस्तै, ५ हजार ७७७ बीमालेखबाट संकलित १ करोड २३ लाख रुपैयाँ बीमाशुल्क मध्ये ६ दाबीबाट २ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेको छ।

जीवन बीमामा ५ लाख ३३ हजार ८५१ बीमालेखबाट १५ अर्ब ८ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ। यसमार्फत ११ हजार ९९९ दाबीबाट २ अर्ब ५० करोड ९३ लाख रुपैयाँ भुक्तानी गरिएको छ।

निर्जीवन बीमातर्फ २ लाख ९६ हजार ७९८ बीमालेखबाट २ अर्ब १८ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यसबाट १० हजार ४५१ दाबी भुक्तानीबाट ९३ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी दिइएको प्राधिकरणले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*