सिद्धार्थ बैंकको लाभांश घोषणा

२३ मंसिर २०८१, आईतवार ०९:५७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत वर्षको मुनफाबाट शेयरधनीहरूलाई कुल ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ छ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*