आइएआईएसको बैठकमा भाग लिएर बीमा प्राधिकरणका अध्यक्ष सिलवालसहितको टोली आज नेपाल फर्कदै

२३ मंसिर २०८१, आईतवार ०९:५४

काठमाडौं । बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संस्था आइएआईएसका बार्षिक बैठकमा भाग लिन दक्षिण अफ्रिकाको राजधानी केपटाउन पुगेका बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसहितको तीन जनाको टोली आज काठमाडौं फर्कदै छ ।

इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस) को बार्षिका साधारणसभामा भाग लिन दक्षिण अफ्रिकाको केपटाउन पुगेका प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल, निर्देशक सुशिल सुवेदीसहितका तीन जनाको टोली आज काठमाडौं फर्कदैछन् । यही डिसेम्वर ५ र ६ तारिखका दिन दक्षिण अफ्रिकाको राजधानी कोपटाउनमा आईएआईएसको बार्षिक बैठक सम्पन्न भएको छ ।

यस पटकको बैठकमा बीमाको मूख्य सिद्धान्त र साझा मापदण्ड बनाएर अघि बढ्ने लगायतका विषयमा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*