स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल विजयी

२१ मंसिर २०८१, शुक्रबार १८:२७

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनमा सागर ढकाल विजयी भएका छन् । एसोसिएसनको आगामी २ वर्षे कार्यकालका लागि राज कुमार तिमिल्सिना र सागर ढकाल प्यानसहित प्रतिस्पर्धामा रहेका थिए ।

आज भएको एसोसिएसनको निर्वाचनमा कुल ८८ मत खसेकोमा ढकाल ४५ मत पाएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी तिमिल्सनाले ४३ मत पाए ।

यसैगरी, उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाििचत भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।

स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच गत कार्तिक २८ गते मर्जर सम्झौता भएको थियो । जारी साधारणसभाले संघको नयाँ नेतृत्व चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*